चितवन। नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लीग, नेपाल इच्छाकामना श्रम र उत्पादनसँग जोडिएको छ । वाइसिएलले इच्छाकामना – ४ कुरिनटारमा जग्गा भाडामा लिएर केरा खेती सुरु गरेको हो ।
केन्द्रिय अभियान अन्तरगत वाइसिएल इच्छाकामनामा श्रम तथा उत्पादनमा जुटेको वाइसिएल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले बताउनुभयो । सोही अभियान अन्तरगत जग्गा भाडामा लिएरआज शनिबार ५०० बोट केराको विरुवा रोपिएको जानकारी दिनुभयो । यो अभियान अन्तरगत गाउँपालिकाका अन्य स्थानमा पनि जग्गा भाडामा लिएर उत्पादनमुलक खेती गर्ने उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहाल‘अविनास’, बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष इश्वर सापकोटा ‘सुमन ’ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ‘मौसम’,प्रदेश सदस्य सावित्रा सिलवाल,इच्छाकामना गाउँ किमिटी अध्यक्ष रामहरि कडेँल,वाइसिएलका केन्द्रिय उपमहासचिव साजन अधिकारी,वाइसिएल बागमतीका अध्यक्ष रञ्जित श्रीवास्तव, वाइसिएल चितवनका अध्यक्ष दुर्लभ शाही , अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाकी अध्यक्ष सम्झना खड्का सिलवाल लगायतको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको हो ।


