चितवन । ‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय सहभागिता समृद्धिको आधार’ भन्ने मूलनाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडी–३, वसन्तपुरस्थित भेटनरी अस्पतालको सभाहलमा युवा र जलवायु न्यायबारे एकदिने अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
माडी जेसीज र युथ भोलन्टियर ग्रुपको संयुक्त आयोजना, होप फर चिल्ड्रेनको सहआयोजना तथा चितवन सक्रिय महिला फाउन्डेसनको सहयोगमा सम्पन्न कार्यक्रममा ३५ जना युवाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रशिक्षक सप्तगण्डकी बहुमुखी क्याम्पसका उपप्राध्यापक ध्रुव आचार्य र सोही क्याम्पसमा राजनीतिशास्त्र तथा कानुनका विद्यार्थी विक्रम सुनारले दिगो विकासका लक्ष्यहरूलाई आत्मसात् गर्दै जलवायु परिवर्तन, वातावरण संरक्षण, कृषि तथा खाद्य सुरक्षा, पानीका स्रोत र ऊर्जा उत्पादन, जैविक विषादीको प्रयोग र जलवायुमैत्री कृषि प्रवद्र्धनलगायतका विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए ।
सहभागी युवाहरूले जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावका अनुभव बाँड्दै स्थानीयस्तरमा दिगो र व्यावहारिक समाधानका पहल गर्न संकल्प व्यक्त गरे । साथै, वातावरणीय प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले विरुवा रोप्नका लागि गमलासमेत वितरण गरिएको माडी जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए ।

