मेष: आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय हुनेछन्। प्रेम सम्बन्धमा मिठास आउँला। मनले बोलेको कुरा बुझिने दिन छ।भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
वृष: पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। भावना, कल्पना र संवेदनशीलता आज सशक्त बन्छ। कसैलाई सन्तान लाभ हुनसक्छ। मनोरञ्जनमा सहभागिता भइएला। सेयर बजारमा गरेको लगानीले राम्रै लाभ दिनेछ।भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट: मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। सिर्जनात्मक काममा फोकस गर्दा मन हल्का हुन्छ। धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। साँझमा आकस्मिक धन लाभ पनि हुनसक्छ।भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
सिंह: सोच फैलाउने, संसार हेर्ने, प्लान बनाउने दिन हो। सिर्जनशील सोच र फरक दृष्टिकोणको कदर हुनेछ। आफन्त, प्रेमी वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ।भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या: सम्बन्ध, सन्तुलन र सौन्दर्य—तपाईंका शुभ तत्व आज बलियो छन्। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ। साथीभाइको विशेष सहयोग मिल्नसक्छ। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ।भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
तुला: धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। पढाइ वा कोर्सका लागि अनुशासित समय बनाउनु राम्रो हुनेछ। लाभदायक र सुखद् यात्रा हुने योग छ।भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ५५% वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक: पढाइ वा कोर्सका लागि अनुशासित समय बनाउनु राम्रो हुनेछ। प्रेमीको विचारलाई कदर गर्नु उचित हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ, साँझमा लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन।भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक रोजगारीमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: तपाईंको आकर्षण र निर्णय क्षमता एकसाथ चल्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार पनि प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्, साँझमा भने रमाइलो यात्राको योग रहेको छ।भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।
मकर: सोच खुलेको छ, अब कार्यान्वयनमा उत्रनुहोस्। चलाखीपूर्ण बोलीले काम बन्नसक्छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शत्रु पनि क्षय होलान्।भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: समय तपाईंको पक्षमा छ, नयाँ सुरूवातका लागि उपयुक्त दिनछ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। स्वास्थ्य, रूटिन र रिलेसनसिपमा सन्तुलन फर्कदै छ।भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन: जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला। आकस्मिक यात्रा हुनसक्छ। यात्रामा तयारी नपुगेको देखिन्छ। कडा मिहिनेतले गरिएको कामबाट मात्र लाभ हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ।भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

