मेष: रोकिएका काम पुनः सुरु हुनेछन्। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। शुभ र मङ्गल कार्यको योग छ। सङ्गीतमा रुचि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
वृष: सुखदुःख रहनेछ। मित्रले व्यर्थको विवाद निकाल्ने छन्। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरो वैदेशिक कार्य अघि बढ्नेछ।भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
मिथुन: शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ। प्रियजनसँग भेटघाट होला। परिवारमा सुख र सन्तोष छाउनेछ। सामूहिक यात्रा रमाइलो हुनेछ। धार्मिक क्रियाकलापमा सहभागी भइनेछ।भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: घरमा अतिथिको आगमन हुनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यमा सरिक भइनेछ। प्रेमी/प्रेमिकाबाट सहयोग मिल्नेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
सिंह: धर्मकर्म, परोपकार र समाजसेवामा मन जानेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सामाजिक क्षेत्र र राजनीतिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: घर व्यवहारको समस्याले सताउनेछ। परिवारमा विश्वासको कमी आउन सक्छ, सचेत रहनुहोला। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउला। साँझमा कुनै न कुनै कुराले मन खुसी तुल्याउनेछ।भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: नयाँ काम सुरु गर्ने समय छ। शुभकार्यको चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल देला।भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: मनमा शान्ति छाउनेछ। अधुरो कार्य पूरा होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
धनु: मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। पुराना साथीभाइसित भेटघाट होला। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
मकर: मनमा दुबिधा उत्पन्न हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ। प्रेमीसँगको सम्बन्ध सुमधुर रहनेछ।भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। आहारविहारमा सावधानी अपनाउनु राम्रो हुनेछ।भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
मीन: नयाँ ठाउँमा प्रवेशको अवसर छ। त्यहाँबाट नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ला। स्वादिष्ट भोजनको विशेष अवसर पनि मिल्ला। मनोरञ्जनमा सहभागी भइनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ।भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

