मेष: कुनै समाचारले मनमा शान्ति छाउनेछ। गोप्य रणनीति आज सफल बन्छ। वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुने छन्। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुनेछ। घर नजिकै केराको वृक्ष रोप्ने। कालो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ: खैरो र अङ्क: ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।
वृष: मनमा दुबिधा उत्पन्न हुनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। पुरानो कुरा बाहिर आउँदा प्रेममा अविश्वासको वातावरण बन्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।भाग्यशाली रङ: घ्यू रङ र अङ्क: ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।
मिथुन: मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइनेछ। गोप्य रणनीति सफल बन्ला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।भाग्यशाली रङ: रातो र अङ्क: ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।
कर्कट: सांस्कृतिक कार्यमा सरिक भइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रशिक्षण वा नयाँ ज्ञानमार्फत व्यापारिक उचाइमा पुग्न सकिने दिन छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
भाग्यशाली रङ: हरियो र अङ्क: ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
सिंह: पुनर्मिलनको योग छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। शिक्षामूलक एवं धार्मिक यात्रा हुनेछ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। बोलीको विपरीत अर्थ लाग्ने सम्भावना छ, सचेत रहनु होला। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
भाग्यशाली रङ: आकासे र अङ्क: ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ।
कन्या: सवारीसाधन चलाउँदा ध्यान दिनुहोला। गतिमा हैसियत होइन, सुरक्षा हुन्छ भन्ने ख्याल गर्नु जरुरी छ। तपाईँको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। वैदेशिक र प्राविधिक कामबाट धेरै नै लाभ मिल्नेछ। असहाय व्यक्तिलाई वस्त्रदान गर्ने। हरियो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ: सेतो र अङ्क: १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।
तुला: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। इच्छा र आकाङ्क्षा पूरा हुने छन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्ला। प्रेममा पुरानो झगडाले पुनरावृत्ति पाउने देखिन्छ, लचिलोपन देखाउन जरुरी छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।भाग्यशाली रङ: घ्यू रङ र अङ्क: २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।
वृश्चिक: अनुसन्धात्मक कार्यमा सफलता मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको कार्य पूरा हुनेछ। सेयर बजार तपाईँको अनुकूल छ, अनुभवीसँग सल्लाह लिएर कारोबार गर्दा फाइदा हुनेछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।भाग्यशाली रङ: पहेँलो र अङ्क: ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।
धनु: यात्राका क्रममा आएको सोच यथार्थमा रूपान्तरण हुन सक्छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेममा पर्ने सम्भावना छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ: पहेँलो र अङ्क: ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ।
मकर: सुखदुःख बराबरी रहनेछ। कुनै कुराले मानसिक चिन्ता बढ्न सक्छ। प्रेम सम्बन्धमा मौन रहेकै राम्रो हुन्छ। कसैले मानसम्मानमा आघात पुर्याउन सक्छ। प्रशंसकहरूले नै आलोचना गर्न सक्छन्। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ: हरियो र अङ्क: १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।
कुम्भ: सकारात्मक सोचले भरिपूर्ण हुने दिन परेको छ। स्थान परिवर्तनको योग पनि छ। आजको श्रमबाट पछिका लागि फाइदा पुग्न सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सेयर बजारबाट पनि राम्रो आम्दानी हुन सक्छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ: निलो र अङ्क: ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।
मीन: कला-संगीतमा सफलता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्ला। शैक्षिक उन्नति बढेर जानेछ। वस्त्र, अलङ्कार प्राप्तिको योग छ। मध्य दिनमा भने धनमाल हराउन सक्छ, सजग रहनुहोला। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।भाग्यशाली रङ: पर्पल र अङ्क: ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

