चितवन । माडी नगरपालिका–२, भैरवपुरस्थित धानखेतमा एक बयस्क गैंडा मृत भेटिएको छ । सोही वडा निवासी हरिभक्त श्रेष्ठको खेत नजिकै एक गैँडा बुधबार बिहान मृत अवस्थामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय माडीका अनुसार बिहान करिब १०:३० बजे मृत अवस्थामा गैँडा भेटिएको हो। जंगली जनावरबाट बाली जोगाउन खेत वरिपरि राखिएको र करेन्ट प्रवाह भएको जि.आई. तारमा अल्झिँदा गैँडाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

