मेष: दिन मध्यम खालको छ। तपाईँको सशक्त विचारले सबैलाई प्रभावित बनाउनेछ। स्पष्ट वचन र धैर्यताले उचाइमा पुर्याउनेछ। सामाजिक रीतिरिवाजमा सहभागिता होला। भोकालाई भोजन दिने। झुट नबोल्ने।भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।
वृष: दैनिक कार्यमा सफलता पाइनेछ। कुनै कार्यक्रममा जोडदार प्रस्तुतिमा रहला। नेतृत्व क्षमताको विकास हुनेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। नयाँ कामको योजना बन्नेछ। प्रेमीले दिल खोलेर सहयोग गर्नेछन्। आहारविहारमा भने सावधानी अपनाउनु पर्नेछ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।
मिथुन: शुभकार्यको चर्चा चल्नेछ। अनुसन्धात्मक कार्यमा रुचि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्ला। पुँजी बजारले साथ दिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। बिछोडिएका मित्रसँग पुनर्मिलनको योग छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
कर्कट: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक कार्यको कागजी प्रक्रिया अगाडि बढ्ने संकेत देखिन्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कला, साहित्य र सङ्गीतमा रुचि बढ्नेछ। निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ।
सिंह: योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सेयर बजारमा लगानी गर्दा विश्लेषण गरेर मात्र गर्नु होला। प्रेमीसँग असमझदारी बढ्न सक्छ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ। नयाँ कार्यको योजना बन्नेछ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४२, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ।
कन्या: दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। भक्ति र सेवा भाव बढेर जानेछ। रोकिएका कामको पुन: योजना बन्नेछ। नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ। कला वा डिजाइनको क्षेत्रमा राम्रो अवसर आउनेछ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
तुला: कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यमा सरिक भइनेछ। साथीहरूसँग रमाइलो यात्राको योजना बन्नेछ। नजिकका व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।
वृश्चिक: अध्यात्म, अनुसन्धान जस्ता काममा अवसर मिल्नेछ। लगनशीलताले काममा सकारात्मक परिणाम दिनेछ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। भूमि, वाहन र पैतृक सम्पत्ति मिल्ने योग छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।
धनु: गोप्य रणनीति सफल बन्नेछ। आफन्तका बीचमा खटपट, शङ्का उब्जनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विद्यार्थी वर्गको पढाइमा मन नजान सक्छ। आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ।
मकर: रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफल भइनेछ। दर्शन वा वैचारिक कुराकानीबाट प्रेम सम्बन्ध बलियो बन्न सक्छ। खानपिनको विविध परिकारको स्वाद लिन पाइएला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।
कुम्भ: भेटघाटले मन प्रफुल्ल रहला। शैक्षिकस्तर स्थिर रहनेछ। योजनाबद्ध अध्ययनले फाइदै होला। राजनीतिक कार्यमा रुचि बढ्नेछ। आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। बिछोडिएका साथीसँग पुनर्मिलनको योग छ। रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।
मीन: लाभहानि बराबर रहनेछ। योजना गोप्य राखेरै अघि बढ्नुहोला। सानातिना समस्यामा अल्झिनु पर्नेछ। सेयर बजारमा ठूलो जोखिम नलिनु होला, सुरक्षित कारोबारमै अडिनु राम्रो हुन्छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

