चितवन। बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री शान्ती प्रसाद पौडेलले चितवनको धार्मिक तथा पर्यटकीय क्षेत्र देवघाटधामको अवलोकन गरेका छन् ।
मन्त्री पौडेलले देवघाटधाम अवलोकनको गर्दै प्रदेश सरकार देवघाट धामको पूर्वधार निमार्ण गर्ने कुरामा सकारात्मक रहेको बताए । साथै पौडेलले सम्भव भएसम्म आफनै कार्यकालमा देवघाटधामको पूर्वाधार निमार्ण पुरा गर्न चाहाना भएको पनि बताए ।
अनौपचारिक भ्रमणमा रहेका मन्त्री पौडेललाई देवघाट क्षेत्र विकास समितिका पदाधिकारीहरुले स्वागत सँगै अवलोकन गराएका थिए ।




