काठमाडौँ । रसुवामा पासाङल्हामु सडक अवरुद्ध भएको छ।
गोसाईंकुण्ड गाउँपालिका-२, फ्याङलुङ र घट्टे खोलामा बिहान करिब ०७:३० बजे उक्त दुई स्थानस्थित सडकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
अहिले पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा यात्रुवाहक सवारीसाधन रोकिएका छन्।

