काठमाडौँ । उदयपुरको कटारी नगरपालिकाबाट लागू औषध तीस किलो गाँजासहित एक महिला पक्राउ परेकी छिन्।
इलाका प्रहरी कार्यालय कटारीको टोलीले भेटेर कटारी नगरपालिका-८ बबलाकी ४५ वर्षीया देवकुमारी थापा मगरलाई विशेष सूचनाका आधारमा घरमै गाँजा भण्डारण गरिराखेको अवस्थामा पक्राउ गरेको हो ।
मगरको घरबाट ३० किलो ३ सय ६० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। गाँजा र मगरलाई इलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।

