काठमाडौं । अवैध रूपमा भन्सार छली नेपालबाट भारततर्फ निकासी भइरहेको साढे २२ क्विन्टल केराउ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खगिएको प्रहरी टोलीले मधुबन नगरपालिका-८ बाट साढे २२ क्विन्टल (दुई लाख २५ हजार मूल्य पर्ने) केराउ बरामद गरेको हो ।
बरामद गरिएको केराउन आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए । नेपालले तेस्रो मुलुकबाट अनुदानमा पाउने केराउ भारतमा महंगो मूल्य पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको छ ।

