चितवन । भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ः५० बजेको समयमा भरतपुर–१० घर भई सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरको छोरी अस्पताल प्रांगणमा रहेको सेफ्टी ट्यांकीमा अचानक खसेकी थिइन् ।
बालिकाको तत्कालै उद्धार गरी सोहि अस्पतालमा उपचार गराइएकामा मंगलबार बेलुका ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

