काठमाडौँ । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
सिआइबी र मानव बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहने गरी ६ सदस्यीय समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरु भइसकेको बताए।
सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसको छानबिन गर्न निर्देशन दिएका थिए। स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के हो ?, अरू कुन संस्थामार्फत कसरी गए ?, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्यो ?, कसको समन्वयमा गए ? भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने निर्णय भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।