एजेन्सी । बेलायतको राजधानी लन्डनबाट ४५ माइल टाढा लन्डन साउथेन्ड विमानस्थलमा विमान दुर्घटना भएको छ।
स्थानीय समयअनुसार आइतबार दिउँसो ४ बजेतिर लन्डनको साउथेन्ड विमानस्थलमा उडेको केही समयपछि नै एउटा व्यावसायिक जेट खसेको हो।
दुर्घटनाका केही तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्।

