चितवन । रत्ननगर नगरपालिका–१ सौराहा चोकमा एक पुरुष बेहोस अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार साउन २९ गते (सोमबार) साँझ करिब ५:३० बजे अन्दाजी ४०–४५ वर्ष उमेरका एक अज्ञात पुरुष बेहोस अवस्थामा फेला परेका हुन्।
उक्त व्यक्तिलाई तत्कालै उपचारको लागि स्थानीय बकुलहर अस्पताल टाँडीमा पुर्याइएको थियो।अस्पतालमा लगिएको केही समयपछि, साँझ ५:४५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।

