मेष: अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। आस मारिसकेको काम बन्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।
वृष: क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। बाधाहरू स्वतः फुकुवा हुनेछन्। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् श्रीकृष्णजीको दर्शन गर्ने। निलो रङको प्रयोग नगर्ने।
मिथुन: यात्रामा मालसामान हराउन सक्छ। मन भावुक र उत्ताउलो बन्न सक्छ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा चञ्चलता पनि बढ्नेछ तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
कर्कट: विद्यामा सफलता र मान प्रतिष्ठामा वृद्धि पनि होला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मान प्रतिष्ठामा वृद्धि होला। सेयर बजारबाट पनि फाइदा हुनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम जीवन र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ।भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।
कन्या: रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मित्रबाट विशेष सहयोग मिल्नेछ। पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ हुनेछ। पुरानो साथीभाइसँग पनि भेटघाट हुनेछ।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।
तुला: विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ। दुःखको समाचार प्राप्त हुनसक्छ। मध्यदिनबाट भने आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछ।भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु: चिताएको कामले तीव्रता लिनेछ। घर परिवारमा धार्मिक कृत्यको योग छ। स्वादिष्ट भोजनको आनन्दसमेत पाइनेछ शुभ समाचार पनि सुन्न पाइएला। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ।भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: कुनै कुराले मनमा शान्ति छाउला। धार्मिक कार्यमा रुचि बढ्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। सामाजिक कार्यमा मन जाला। बोलीको प्रभाव बढ्दै जानेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कुम्भ: बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। व्यर्थको यात्रामा जान बाध्य भइएला। कुनै कुराले मन दुखी हुनसक्छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। आज कालो रङको प्रयोग नगर्ने।
मीन: अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मनोरञ्जनमा सहभागी पनि भइएला। कतै घुम्न जाने योजना पनि बन्न सक्छ, तर काममा सानातिना विघ्नबाधा परे पनि निराश र हतास नहुनु होला।भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

