चितवन । नेकपा माओवादी केन्द्र रत्ननगर तथा सहायक संगठन वाइसीएल नेपालको संयुक्त आयोजनामा जनतासंग माओबादी कार्यक्रम अन्तर्गत रत्ननगर–४ स्थित थारु कल्याणकारी भवनको प्रांगणमा बृहत वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ।
कार्यक्रममा रत्ननगर–४ का वडाध्यक्ष रामकुमार चाैधरी सहित थारु कल्याणकारी रत्ननगर अध्यक्ष रामेश्वर महतो लगायत पदाधिकारी तथा माओवादी केन्द्र रत्ननगरका इन्चार्ज पूर्ण बहादुर अमगाई (सुबोध ), नगर अध्यक्ष मेघनाथ पौडेल, उपाध्यक्ष गणेश पौडेल, जीवन श्रेष्ठ, कोषध्यक्ष कृष्ण खनाल तथा वाइसीएल रत्ननगर अध्यक्ष उदय भण्डारी लगायत नेताहरूको उपस्थितिमा विभिन्न प्रजातिका रुख बिरुवा रोपेकाे छ।
वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको माओवादी केन्द्र रत्ननगरका सचिव मोहन भट्टराईले जानकारी दिए। कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

