चितवन । भरतपुर महानगर पालिका वडा नम्बर -२ मा रात्रीकालीन वजार शुरू गरिएको छ। प्रत्येक शुक्रबार साँझ लाई दृष्ट्रिगत गरि स्थानीय उत्पादन र सीप प्रवर्द्धन गर्न उक्त बजार शुरू गरिएको हो।भरतपुर २ का वडाध्यक्ष मनोज रानाभाटको पहलमा शुरु गरिएको उक्त रात्रीकालीन बजारको भरतपुर महानगरपालिका का उपप्रमुख चित्रसेन अधिकारीले उदघाटन गरेका हुन् ।
बजारको उदघाटन कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल प्रहरी प्रमुख गोविन्द पुरी लगायत सरकारी र नीजि क्षेत्रका व्यवसायिक प्रतिष्ठान र भरतपुर २ का विभिन्न आमा समूह र टोल विकास समितिका सदस्य एवं पदाधिकारी हरुको उपस्थिति रहेको थियो ।प्रत्येक शुक्रवार साँझ ६ वजेवाट शुरु हुने हुने उक्त रात्रीकालिन वजारमा खाद्यान्न फलफूल र हस्तकला का उत्पादनहरु विक्ती र वितरणका लागि राखिएका छन।
भरतपुर- २ नमस्ते चोक देखि मेयरचोक सम्मको उत्त सडकमा रात्रीकालीन बजारको समयमा यातायातका साधन सञ्चालनमा समेत रोक लगाइने छ।


