रसुवा। नेपाल–चीन जोड्ने रसुवागढीस्थित मितेरी पुल मंगलबार बिहान करिब तीन बजे आएको बाढीले बगाएको छ। बाढीसँगै सयौँ विद्युतीय गाडी (इभी) बगाएको आशंका गरिएको छ।
स्याफ्रुबेसी जोड्ने सडकसहित रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशूली नदीको माथिल्लो क्षेत्र नुवाकोट र रसुवामा अति भारी वर्षा भएकाले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेका छन्।
हालसम्मको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

