मेष: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यात्रामा बाधा आउन सक्छ, निराश र हताश भने नहुनुहोला। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ। किनमेलमा सरिक भइनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ५० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
वृष: रमाइलो यात्राको सम्भावना छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। प्रेममा मधुरता छाउनेछ। साँझमा अनावश्यक ठाउँमा धन खर्च होला। भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मिथुन: समाजसेवामा मन लाग्नेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसायबाट बढी सफलता मिल्नेछ। कामविशेषले टाढिएका परिवारका सदस्यसँग भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कर्कट: मनपर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। साथीभाइसँग रमाइलो गरी समय बित्नेछ। प्रेम जीवनमा लामो समयदेखि रोकिएको गाँठो फुक्नेछ। वैदेशिक लगानी, सेयर बजार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: स्वास्थ्यमा समस्या आउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। कडा मिहिनेत र लगनशीलतापूर्वक गरिएको कामबाट लाभ हुनेछ। पुँजी बजारमा लगानी नगर्दा नै बेस हुन्छ। कुनै पनि काम गर्दा आत्मबल बढाएर गर्नु होला।भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कन्या: महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभ हुने देखिन्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला।भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।
तुला: दिन शुभ छ। छोटो दूरीको लाभदायक यात्रा रहला। जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ। सामाजिक कार्यबाट मानसम्मान मिल्नेछ। नोकरीमा पदोन्नति होला। प्रेममा समीपता बढेर जानेछ।भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ। मिष्ठान्न भोजनको अवसर प्राप्त होला। प्रेमी वा शुभ चिन्तकबाट सहयोग मिल्नेछ।भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६३, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
धनु: गर्न खोजेको कार्यमा बाधा आउन सक्छ। काममा केही चुनौती आइलाग्ला। दण्ड वा जरिवानामा परिनेछ। धैर्यपूर्वक काम लिनुहोला। साँझमा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। सुमधुर मिलन हुन सक्छ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर: पारिवारिक जमघटमा मन रमाउनेछ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। ऋण गरेरै भए पनि सामान खरिद गरिनेछ। शत्रु, खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कुम्भ: श्रमको उचित मूल्याङ्कन हुनेछ। साथीभाइसँग समय बित्नेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। जोस, जाँगर र उमंग बढ्ला।भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।
मीन: शुभकार्यमा सरिक भइनेछ। कीर्तिमानी काम गर्ने समय छ। दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ।भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

