चितवन । चितवनमा चोरीमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका- १५ मंगलपुरबाट तामा र चरेसका कलश चोरीमा संलग्नलाई पक्राउ गरिएको हो ।
पक्राउ हुनेहरुमा भरतपुर महानगरपालिका १७ गोब्रेनी बस्ने १७ वर्षका अर्जुन विक,सोही ठाउँका १४ वर्षीय विनोद परियार रहेका छन ।
उनिहरुको साथबाट प्रहरीले १० थान तामाको कलश,२ थान चरेसको कलस,साइकल र फलामको रडकका टुक्राहरु समेत बरामद गरेको जनाएको छ ।

