भोजपुर।भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौछा निवासी राजेन्द्र राईले ससुराली घरमा ससुरा, सासु, श्रीमती र सालोको हत्या गरेका हुन्।
प्रहरीका अनुसार ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मञ्जु गिरि, १५ वर्षीया श्रीमती मनिषा गिरि र ९ वर्षीय सालो सयन गिरिको हत्या गरिएको छ।
हत्या पश्चात राई आफैंले पनि छुरा प्रहार गरी आत्महत्या प्रयास गरेको आशंका गरिएको छ। उनी गम्भीर घाइते अवस्थामा फेला परेका छन् र अहिले उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको कारण घरायसी विवाद भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ।

