चितवन । इडीभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीको महानगरी अपराध महाशाखाले चितवनका दुई जना सहित तीनजनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाले भरतपुर महानगरपालिका २९ घर भइ हाल काठमाडौं-१४ कलंकी बस्दै आएका ३६ वर्षीय जीवन कार्की, खैरहनी नगरपालिका-३ का ३१ वर्षीय नविन राई, चन्द्रपुर नगरपालिका ९, सिन्दुरेघारी घर भइ हाल कोटेश्वर बस्दै आएका ३२ वर्षीय शिव रोक्कालाई पक्राउ गरेको हो। उनीहरुले इडीभीका लागि प्लस टु पास गरेको नक्कली शैक्षिक प्रमाणपत्रहरु पेश गरेको प्रहरीको आरोप छ ।
पक्राउ परेकालाई लिखत सम्बन्धी कसूर मुद्धामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

