चितवन। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सौराहा पर्यटन कार्यालयको आयोजनामा भरतपुर–२७, मेघौलीमा आयोजना गरीएको दुई दिने नेचर गाइड अभिमुखिकरण तालीम तथा जैविक विविधता अवलोकन कार्यक्रम सम्पन्न भएको छ।
पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेम प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेघौली मध्यवर्तीका अध्यक्ष तथा थारु संग्रहालय का संयोजक मायाराम चौधरी,विशिष्ट अतिथिमा भरतपुरमहानगरपालिका वडा नं २७ का वडा सदस्य दयाराम चौधरी र पर्यटन विज्ञ डा. विश्वराज सुवेदि, अतिथि नेचर गाईड एसोसियसनका अध्यक्ष मनेश कुमार लिम्वु,राधाकृष्ण वन उपभोक्त समितिका अध्यक्ष वेद निधि सुवेदि,मेघौलि पर्यटन विकास समितिका अध्यक्ष राजु भुसाल,पन्छि विध संघका अध्यक्ष हठन चौधरी र ताज सफारि मेघौलिका महाप्रबन्धक रहनु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश कुमार लिम्बुले राख्नुभएको थियो भने कार्यक्रममा पन्छी विध संघका अध्यक्ष हठन चौधरी र डा. विश्व सुवेदीले जैविक विविधता तथा पक्षी अवलोकन सम्बन्धी विशेष प्रस्तुति दिनुभएको थियो।
जैविक विविधताको प्रत्यक्ष अनुभव गर्दै नेचरगाइडहर
दोस्रो दिन सहभागीहरूलाई कुमाल ताल, बिसहजारी ताल र बाटुली पोखरीताल हरुमा पक्षी अवलोकनसहित जैविक विविधता अध्ययन गराइएको थियो। करिब ५० जना नेचर गाइडको सक्रिय सहभागिता रहेको उक्त तालीमले भरतपुरमहानगरपालिका मा रहेका गाइडहरूको ज्ञान अभिवृद्धिमा समेत टेवा पुर्याउने आयोजकले बताएका छन्। कार्यक्रम अवधिभर सहभागीहरूको यात्राका लागि बाराही लज, ताज सफारी, सिधार्थ होटल मेघौली र कसरा पर्यटन विकास समितिले गाडीको व्यवस्थापन गरेका थिए।

