चितवन । भरतपुर महानगरपालिका–२२ टाउनमा इभी गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गंगाधर पौडेल रहेका छन् ।
आज साँझ ८ बजेको समयमा नम्बर नखुलेको इभी गाडीले पैदलयात्री पौडेललाई ठक्कर दिएको थियो । पौडेलको चितवन मेडिकल कलेजमा उपचारको क्रममा साँझ ८ः२४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठक्कर दिने गाडीको खोजी कार्य भइरहेको चितवन प्रहरीका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

