काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीशविरुद्ध ७ वटा उजुरी परेका छन्। सोही उजुरी गर्ने उजुरीकर्तासँग आज सुनुवाई समितिले छलफल गर्दैछ ।
सर्वोच्चको न्यायाधीश पदमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध परेका उजुरीमाथि आज बिहान ११ बजेबाट छलफल हुनेछ ।
हिजो बिहीबार सिंहदरबारमा बसेको सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको थियो ।
त्यस्तै, १५ गतेको समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची रहेको छ । संभवत यसैदिन निर्णय हुनेछ । यदि नभए अर्को दिन हुने जनाइएको छ ।

