चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नयां छावा जन्मिएको छ ।
निकुञ्जको हात्ती प्रजजन केन्द्रमा रहेको तिर्थमानकलीले तेश्रो सन्तानको रूपमा विनम्रकलीलाई जन्म दिएकी हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले आज नामाकरण गरेका हुन् ।
हात्ती जन्मिएको १२ दिनको दिन न्वानर गरि नामाकरण गर्ने प्रचलन छ । केन्द्रमा हालमा ६७ वटा हात्ती जन्मिएको रेकर्ड छ ।

