चितवन। माडी नगरपालिका वडा नम्बर २ स्थित गर्दीमा जलवायु परिवर्तनको सन्दर्भमा पशुपालन प्रणालीलाई वातावरणमैत्री बनाउने उद्देश्यले “जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन” विषयक दुई दिने तालिम सुरु भएको छ।
असार ४ र ५ गतेका लागि सञ्चालन गरिएको तालिमको प्रमुख अतिथिका रूपमा माडी नगरपालिकाकी नगरप्रमुख तारा कुमारी काजी महतो रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथिका रूपमा माडी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दण्डपाणि पौडेलको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता किशोर बगालेले गरेका थिए।
तालिमको पहिलो दिन सहभागीहरूलाई जलवायु अनुकूल पशुपालन अभ्यास, व्यवस्थापनका तरिकाहरू, पशुको आहार व्यवस्थापन, खोर सरसफाइ, रोग नियन्त्रण र वातावरणमैत्री प्रविधिको प्रयोग सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको छ।
तालिम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित भएको हो।

