चितवन। भरतपुरमा नि:शुल्क स्वस्थ शिविर सम्पन्न भएको छ । भरतपुर वडा न. २८ को आयोजना तथा पुष्पाञ्जली हस्पिटल प्रा.लि. को प्राबिधिक सहयोगमा १ दिने स्वस्थ्य शिविर सम्पन्न भएको हो ।
वडा सचिब गोपाल मगरले चलाउनुभएको उद्घाटन कार्यक्रमको सभापति तथा वडा अध्यक्ष दण्डपाणी रिजालले सबैले आफ्नै वडाबाट सेवा पाउन भनि यो कार्यक्रम राखिएको बताउनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि बरिस्ठ फिजिसियन डा.भोजराज अधिकारीले “जनता संग अस्पताल” लिएर हरेक वडा,बस्तिहरु पुगी स्वास्थ्य सचेतना र नि:शुल्क शिविर मार्फत अस्पताल आउन र अस्पताल आउदा छुटमा उपचार पाउने वातावरण वडा र अस्पतालले बनाउनु पर्ने बताउनुभयो । “जनताले ५० प्रतिशतमा सेवा पाउनु पर्छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा वडामा कार्यरत सबै पार्टी प्रमुखहरु सबै सदस्यहरु स्वास्थ्य स्वयमसेविका र जितपुर स्वास्थ्य केन्द्र प्रमुखको प्रत्यक्षको सहभागीता रहेको थियो । आजको शिविरमा महिला १३७ सहित २१६ जनाले ८४३ सेवा प्राप्त गरेकाछन् ।
पेट-छाती, मुटु,प्रेशर, सुगर, थाईराइड सम्बन्धि डा.भोजराज अधिकारी र डा.रिकेश सापकोटाले ,स्त्री-प्रसुती तथा प्रजनन् डा राम प्रसाद सापकोटाले, भिडियो एक्सरे डा.नबिन शर्माले, दांत-मुख तथा गिजा सम्बन्धि डा.बिबेक घिमिरे र डे.हा.सिया कोइरालाले जाँस गर्नुभएको छ ।
पुष्पाञ्जली हस्पिटल प्रा.लि.का सामाजिक सेवा प्रमुख तथा सूचना अधिकारी केदार सुबेदीका अनुसार फिजिसियनले १९० जना, स्त्रिरोगका ७५ जना’ डेन्टलका ७७ जना, भिडियो एक्सरे ९५ जना, सुगर टेस्ट २०० जनाले र २०६ जनले औषधि प्राप्त गर्नु भएको छ ।

