चितवन। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चितवनको शक्तिखोर, नवलपरासी पश्चिमको देउराली नवल र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आज बिहीबार बिहान ६:३० बजे चेतावनी जारी गरी भनेको छ, ‘पछिल्लो १–३ घण्टामा नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी वर्षा मापनकेन्द्रहरू र आसपास हल्कादेखि मध्यम वर्षा मापन भएको, सो क्षेत्र भई वहने ससाना खोलामा आकस्मिक बहाब बढ्न सक्ने, तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाइराखौँ।’

