चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको ग्लोरियस एकेडेमी चितवनले विद्यार्थीका लागि निर्वाचन कार्य सम्पन्न भएको छ ।
सामाजिक विषय अध्ययन अन्तर्गत विद्यार्थीलाइ नेपालको निर्वाचन प्रणालीको जानकारी गराउने उद्देश्यले निर्वाचन गराइएको थियो ।शैक्षिक सत्र २०८२ का विद्यार्थीका लागि विद्यालयको परिसरमा मङ्गलबार मतदान कार्य गरिएको थियो । १० पदका लागि भएको निर्वाचनले हेड ब्वाइ, हेड गर्ल र हाउस क्याप्टेन ( सिनियर र जुनियर ) निर्वाचित गर्नेछ ।
कक्षा ४ देखि १० सम्मका ५७२ जना विद्यार्थी सहभागी भएको मतदान कार्यको विद्यालयका सह प्राचार्य शैलेश ढकालले मतदान गरेर सुरुवात गर्नु भएको थियो । अतिरिक्त कार्यक्रम प्रमुख राजु अधिकारीले संयोजनको भुमिका खेल्नु भएको थियो । विद्यालयका सहप्राचार्य ढकालले सहजकर्ताको भुमिका निर्वाह गर्नु भएको थियो ।
सामाजिक विषय शिक्षक रामेश्वर आचार्यले निर्वाचन सम्बन्धि शिक्षा प्रदान गर्नु भएको थियो । निर्वाचनको प्रकृयामा हुने उम्मेद्बारी दर्ता, नामावली प्रकाशन, आचारसंहिता, प्रचारप्रसार, चुनाव चिन्ह , मतदान, सदर बदर बिजयी सबै प्रकृया पूरा गरिएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व विकासमा योगदान दिने विद्यालयका प्रद्यानाध्यापक शारदा ढकालले बताउनु भयो ।
अतिरिक्त कृयाकलापले बिद्यार्थीमा अध्ययन सङ्गै क्षमता वृद्धिमा सहयोग पुग्ने अतिरिक्त कार्यक्रम प्रमुख राजु अधिकारीले बताउनु भयो ।
सामाजिक विषयमा हरेक क्षेत्रको ज्ञान दिने पाठ्यक्रम समेटिएकोले यस्ता कार्यक्रम आवश्यक परेको विषय शिक्षक आचार्यले बताउनु भयो । गर्दै सिक भन्ने माध्यमबाट सिकाइ गरिएको बताउनु भयो । मतदान कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता भएको थियो ।

