चितवन । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा आवद्ध चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनको आयोजनामा सोमबार गोएमएल सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माको विशेष प्रशिक्षणमा र महासंघका स्वकीय प्रेस सल्लाहकार अमिर रामदामको सहजीकरणमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुनचाँदी व्यवसायीलाई गोएमएल सम्बन्धी आवश्यक आधारभूत शिक्षा प्रदान गरिएको थियो।
पूर्वी चितवन संघका अध्यक्ष विष्णु सुनारको अध्यक्षतामा र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका तृतीय उपाध्यक्ष प्रेम खातीको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको हो ।

