चितवन। दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका रत्ननगर वडा नं ९ निवासी बसन्त ढुंगानालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयलाई ध्यानर्कषण गराइएको छ ।
नागरिक समाजको नाममा युवाहरुले घटनाबारे छानवीन गरी दोषीलाई कारबाहीको माग गरिएको छ । दीपक थापा र कल्याण अर्याल सहितका युवाहरु प्रहरी कार्यालयमा पुगेर डिएसपी रन्जन अवालाई ध्यानर्कषणपत्र हस्तान्तरण गरेको हो । झारफुर गर्दै आएका ढुंगानाले दुई महिलालाई दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि प्रहरीले उनलाई बुधबार राती नियन्त्रणमा लिएको थियो ।
डिएसपी रन्जन अवाले महिलालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ढुंगानालाई पक्राउ गरिएको भन्दै घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । उजुरी दिएका महिलाहरुले प्रमाणपेश नगरेको भन्दै डिएसपी अवाले अनुसन्धानका क्रममा खोजिने प्रतिक्रिया दिए ।

