चितवन। उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघमा आवद्ध महिला उद्यमीहरू विभिन्न उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन भ्रमण शुरू भएको छ ।
आज र भोलि मकवानपुर, सिन्धुली, सुनसरी जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका महिला उद्यमीहरूसँग भेटघाट तथा छलफलका साथै त्यहाका धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको अध्ययन अवलोकन गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको हो ।
भ्रमणमा सहभागी महिला उद्यमीहरूलाई विदाई गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले भ्रमणले अन्य उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूसंँग मित्रता बढ्नुका साथै आवश्यकता र अनुभव साटासाट गर्न भ्रमणले मद्दत पुग्ने बताउनु भयो । भ्रमणको सफलताको शुभकामना दिदै उद्योग वाणिज्य संघ–चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधानले भम्रणले महिला उद्यमीहरूको उद्यमशिलता विकास, सहकार्य एवं अनुभव आदान प्रदानमा गर्नमा सहयोग पुग्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ–चितवनको कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास समितिको संयोजक अस्मिता तिमिल्सिनाको नेतृत्वमा संघका कार्यसमिति सदस्य पूणिमा जोशी श्रेष्ठ, सुनिता लिगल कर्माचार्य, संघका कर्मचारी गोमा रेग्मी, शर्मिला विष्ट लगायत संघमा आवद्ध महिला उद्यमी गरी १४ जना महिला उद्यमीहरु भ्रमणमा सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिनु भयो ।

