चितवन । पुर्वीचितवनको खैरहनीमा बस र इभी कार ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरे गणेश चोक स्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको इभी कार एक आपसमा ठक्कर खाएका थिए ।
राप्ती करिव १:४५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कार चालक खैरहनी नगरपालिका वडा नम्बर ८ निवसी ४२ वर्षीय प्रदिप तिमिल्सिनालाई उपचारको लागि चितवन मेडिकल कलेज पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको छन् ।

