चितवन । बागमती प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताका लागि चितवन टिमको बिदाई गरिएको छ ।
चितवन जिल्ला क्रिकेट संघले बुधबार कार्यालय परिसरमा एक कार्यक्रमकाबीच सूर्यांशु कोइरालाको कप्तानीमा रहेको चितवन यु–१६ टिमको बिदाई गरिएको हो । उ
नीहरुलाई संघका अध्यक्ष सुदिप पिया, उपाध्यक्ष, उमेश पिया, कोषाध्यक्ष अर्जुन केसी, चितवन सिनियर टिमका प्रशिक्षक संजम रेग्मी, संघका माडी संयोजक महादीप श्रेष्ठलगायतले चितवन टिमको बिदाई गरेको हो ।
संघका अध्यक्ष पियाले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल खेल्न आग्रह गरे ।
प्रतियोगितामा चितवनले पहिलो खेल भोलि (बिहीबार) नुवाकोटसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । उक्त खेल उप्पर मुलपानीमा हुनेछ ।
यस्तै चितवनले जेठ ९ गते ललितपुर, १० गते काठमाडौंसंग उप्पर मुलपानीमा खेल्नेछ भने तल्लो मुलपानीमा जेठ १२ गते भक्तपुर र सोही मैदानमा १३ गते मकवानपुरसंग खेल्ने छ ।

