गोरखा । गोरखा सदरमुकाममा बसले च्याप्दा बालिकाको मृत्यु भएको छ । आफू चढेकै ग २ ख ९२५ नम्बरको बसले च्यापेर बालिकाको मृत्यु भएको र आमाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की वर्ष ७ की सुबिना सुर्खेती रहेको स्थानीय अर्जुन प्रताप राणाले बताउनुभयो ।
गोरखा बजारबाट आरुघाटतर्फ गएको बसले च्यापेर बालिकाकी आमा २० वर्षिया विनीता सुर्खेती घाइते भएकी हुन् । उनको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा स्थानीयले अवरोध गरेका छन् । सोही बस चढेर घरतर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासी अगाडी बढाउँदा पछाडिको चक्काले च्यापेर बालिकाको ज्यान गएको र आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।

