चितवन। चितवनको कालिका नगरपालिकाले वडास्तरीय ज्येष्ठ नागरिक मञ्च समन्वय समिति गठन प्रक्रिया सुरू गरेकोछ । सोमबार कालिका वडा नं. ८ र ९ मा वडास्तरीय ज्येष्ठ नागरिक मञ्च समन्वय समिति गठन गरेको हो ।
कालिका वडा नं. ८ को भेलाले शिव प्रसाद वास्तोलाको अध्यक्षतामा ११ सदस्यीय वडा समन्वय समिति गठन भएको छ । जसको उपाध्यक्षमा पवित्रा खत्री, सचिव वुद्धि प्रसाद पौडेल, कोषाध्यक्ष दिपन बस्नेत र सदस्यहरुमा बुद्धिमान गुरुङ, मंगली माया सुनार, धनकुमारी खत्री, ज्ञान वहादुर थापा, अजुद प्रसाद धिताल, जोक वहादुर सुनार र तुल वहादुर सुमागाई थापा मगर चयन भएकाछन् ।
यस्तै, कालिका वडा नं. ८ को भेलाले लेख वहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय वडा समन्वय समिति गठन भएको छ । जसको उपाध्यक्षमा रानु माया चेपाङ, सचिव पान वहादुर खड्का, कोषाध्यक्ष एक बहादुर आले र सदस्यहरुमा सुमित्रा सुनार, मन नारायण श्रेष्ठ, जमुना नेपाल, भिम वहादुर कामी, मान वहादुर प्रजा, ललित मान गुरुङ, टिकाध्वज रिमाल, भक्त वहादुर खड्का, निर कुमारी प्रजा, प्रम वहादुर प्रजा चयन भएका छन् ।
नगरभित्रका जेष्ठ नागरिकहरुको हक अधिकार संरक्षण तथा संम्बर्धन तथा जेष्ठ नागरिकहरुको हेरविचार, स्याहारसुसार, सम्मान तथा साजाजिक सुरक्षा प्रदान गर्नको लागि वडा समिति गठन गरिएको प्रमुख अतिथि नगर उपप्रमुख बिमला तामाङले बताउनुभयो । ज्येष्ठ नागरिकहरुको अनुभव आदानप्रदान, असहाय, विपन्न र आवासविहिन ज्येष्ठ नागरिकहरुको लागि सहयोग गर्न, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न तथा ज्येष्ठ नागरिकहरुको समग्र हित प्रवद्धर्नको लागि समिति गठनबाट मद्धत पुग्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
कालिका- ८ को समिति गठनमा वडा अध्यक्ष चित्र वहादुर मगर, वडा सस्यहरु फुलमाया गुरुङ, सुनिता परियार, रामचन्द्र अधिकारी, गीता मगर सहित ९० जनाको उपस्थिति रहेको थियो भने कालिका-९ को समिति गठनमा वडा अध्यक्ष निलकण्ठ मगर, भुव कुमारी राना मगर, मान कुमारी विश्वकर्मा, लाल बहादुर गुरुङ, छोन बहादुर प्रजा सहित एक सय जनाको उपस्थिति रहेको थियो ।
कालिका नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना ढकाल दुवाडीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

