चितवन । बीसहजार जेसीज भरतपुर चितवनको आयोजनामा बीसहजार जेसीज जेसीज गाउँ इच्छाकामना गाउँपालिका वडा नं–१, हात्तीवाङ चितवनमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
कार्यक्रमका प्रमुखअतिथि नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अरुणेश्वर खनाल, विशिष्टअतिथि इच्छाकामना–१ क वडाध्यक्ष सन्तबहादुर मगर रहेको कार्यक्रममा इच्छाकामना स्वास्थ्यचौकीका प्रमुख अमृता यादव, सामाजिक व्यक्तित्वहरु जगदीश पुरी, तिलक गिरी, बीसहजार जेसीज भरतपुर चितवनका पूर्वअध्यक्ष रमेश बस्ताकोटी, जनकराज घिमिरे, प्रदीप अधिकारीलगायतले बोलेका थिए ।
भरतपुर हस्पिटलका मेडिकल अधिकृत डा. हरि सेढाईंले चेकजाँच गरेको शिविरमा ५३ बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए ।
बीसहजार जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष दिवाकर पौड्यालको सभापतित्व एवम् जीवन ढकालको संयोजनमा भएको कार्यक्रममा प्रमुखअतिथि खनालले बीसहजार जेसीज भरतपुर चितवनले इच्छाकामना–१, हात्तीवाङमा वर्ष २०२१ मा जेसीज गाउँ स्थापना गरी शिक्षा, स्वास्थ्यको क्षेत्रमा निरन्तर योगदान दिँदै हरेक वर्ष मानवताको सेवामा रहेको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिँदै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको बताए ।

