काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
सोमबार विशेष अदालतका अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले एक अर्ब ३३ लाख अपचलनको आरोप लागेका शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
कर फर्छ्यौट आयोगमार्फत मनपरि कर छुट दिएको आरोपमा अख्तियार शर्माविरुद्ध मुद्दा दायर गरेको थियो ।
शर्माले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।

