काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध अर्को मुद्दामा पनि अनुसन्धान अघि बढाइएको छ ।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रविरुद्ध यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।
आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान अघि बढाउन प्रहरीले म्याद लिएको छ ।
उनले इजलासमै आफूमाथि अर्को कालो टीका थपिएको भन्दै आपत्ति जनाएको एक अधिवक्ताले बताए ।