चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रत्ननगर नगर समितिको सभापतिमा पुन: रामनाथ भट्टराई चयन भएका छन् । नगरकमिटीको प्रथम नगर अधिवेशनले भट्टराईको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
भट्टराई रास्वपा रत्ननगरको संस्थापक नगर सभापति समेत हुन् । समितिको उपसभापतिमा टेकमान वाइवा, सचिवमा रामशरण भट्टराई, सहसचिवमा शिवराज शर्मा रेग्मी र कोषाध्यक्षमा रश्मी बस्याल चयन भएका छन् ।
सदस्य हरि सुनार, दीपकचन्द्र पोखरेल, सावित्री सुवेदी, भगवती सापकोटा सुवेदी, रश्मी काप्री, विष्णुप्रसाद भट्टराई, मेघनाथ भट्ट, चेतप्रसाद रिमाल, लिजा महतो, लक्ष्मण सुवेदी चयन भएका छन् ।
नगर अधिवेशनमा पार्टी प्रबक्ता मनिष झा, सांसद हरि ढकाल, केन्द्रीय सदस्य ध्रुव गिरी, नेता जगदिशचन्द्र शर्मा लगायतले सम्बोधन गरेका थिए ।

