चितवन । नेपाली कांग्रेस चितवन पेशागत तथा बुद्धिजीवी समन्वय विभागको आयोजनामा बुधबार भरतपुरको होटल शुभम्, चौबिसकोठीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री माननीय जीवन परियार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सभापतित्व विभागका संयोजक हरिप्रसाद सापकोटाले गर्नुभएको थियो भने सागर तिवारीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिहरूमा जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वमन्त्रीहरू उत्तम जोशी र मिलनबाबु श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो। प्राध्यापक डा. सूर्यकान्त घिमिरे, प्रदेश संयोजक केशवभक्त सापकोटा, उपसभापति राजीव न्यौपाने, शालिग्राम शर्मा पौडेल, सचिव ध्रुव पोखरेल, महासमिति सदस्यहरू, क्षेत्रीय, प्रदेश र नगर सभापतिहरू, जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रमुखहरू र भ्रातृ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष अनन्त ढुङ्गाना, इन्जिनियर एसोसिएसनका ईश्वरीप्रसाद पौडेल, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. उमेश नेपाल, पब्लिक क्याम्पस संघका कृष्णप्रसाद न्यौपाने, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेशचन्द्र आचार्य, शिक्षक महासंघका अध्यक्ष शिवराज अधिकारी, लोएस्ट एसोसिएसनका श्रीराम दवाडी र HEAN केन्द्रीय सदस्य सुरक्षा रेग्मी सापकोटाले विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो। प्रमुख अतिथि परियारले ती जिज्ञासाहरूको सम्बोधन गर्नुभएको थियो।

