चितवन। इच्छाकामनामा ट्याक्टर दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना ३ डहकी गाउँबाट कुखुराको मल बोकेर चुम्लिङटार तर्फ आउँदै गरेको ग १ त ५४३६ नम्बरको ट्याक्टर आज साँझ ६ः १५ बजे बजेको समयमा वडा नम्बर ३ कै ३ चुमखोला भन्ने स्थानमा भित्रि कच्ची सडकमा दुर्घटना हुदाँ ट्याक्टरमा सवार तीन जना घाइते भएका हुन् । घाइतेहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्याक्टर चालक गोरखाको गण्डकी गाउँपालिका ७ का सन्तोष चेपाङको बायाँ हातमा सामान्य चोट लागेको र ईच्छाकामना आधारभुत अस्पताल उपचार भईरहेका छ । ट्याक्टर ओरालोमा ब्रेक नलागि आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

