चितवन । घरभित्र छिरेर ढोका ताल्चा फुटाई सुनका गहना तथा नगद चोर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग जिल्ला त्रिपुरासुन्दरी गाउंँपालिका वडा नम्बर ५ की पुष्पा सिटौला रहेकी छिन । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ मा कोठा भाडामा बस्दै आएकी सावित्री को कोठामा कोही नभएको मौकार पारी चोरेर हिंडेको अवस्थामा सिटौला पक्राउ परेकी हुन् ।
उनको साथ बाट सुनका गहना, नगदर ताल्चा फुटाउने रड फेला परेको छ । उनलाई चितवन अदालतबाट म्याद थप गरी चोरी तथा डांँका मुद्धा सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

