चितवन। स्वर्गीय कर्ण बहादुर घर्ती स्मृति प्रतिष्ठानकाे सभापतिमा तुलप्रसाद घर्ती पुनर्चयन हुनुभएकाे छ ।
प्रतिष्ठानकाे उपाध्यक्षमा काेमलनाथ भुसाल, महामन्त्रीमा सि.पि. सुवेदी, काेषाध्यक्षमा नारायण प्रसाद पाैडेल र सह-महामन्त्रीमा उमा रानाभाट चयन हुनुभएको छ । बुधबार सम्पन्न १२औं साधारण सभा तथा चौथो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएकाे हाे ।
पुनर्गठित कार्यसमिति सदस्यहरुमा सविता बराल, खेमप्रसाद महतो, सिता सुवेदी, सविता महतो, ढाकामोहन तिमिल्सिना, इश्वरी प्रसाद महतो, शिव कमल गुरुङ र हिरा पौडेल चयन हुनुभएको छ।
त्यस्तैगरि, लेखा समिति संयोजकमा यमनाथ सुवेदी र सदस्यहरुमा डिल्लीराम महतो एवं लोकनाथ लामिछाने चयन हुनुभएको छ भने सल्लाहकारहरुमा छविलाल भट्टराई, शिवनारायण गुरौ, शोभाखर चापागाई, तिलक भुसाल, तिलाराम घर्ति, भरत घिमिरे, प्रेम कुमारी अधिकारी, भोजराज देवकोटा, काशी अधिकारी, हरि प्रसाद पौडेल, हिमाल गुरुङ रहनुभएको छ ।
नेपाली काँग्रेका केन्द्रीय कोषाध्यक्षा उमेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो अधिवेशन कार्यक्रमका सन्दर्भमा हाडजोर्नी, नशा र बाथरोग सम्बन्धी स्वास्थ्य शिविर समेत सञ्चालन भएको थियो । २०७० सालमा स्थापित सो प्रतिष्ठानले सामाजिक लोककल्याणका विभिन्न कार्य गर्ने उद्देश्य राखेको छ।

