चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा भूवनेश्वर चौधरी(विपी) निर्वाचित भएका छन् । नौं वटा टोलबाट निर्वाचित भएका परिषद् सदस्यहरुबाट अर्को चरणको निर्वाचन गरी अध्यक्ष सहित पदाधिकारी, सदस्य, लेखा समिति संयोजक र सदस्य चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा असरमिया चौधरी, सचिवमा मीना चौधरी, कोषाध्यक्षमा टीकाराम खनाल(ध्रुव) र सदस्यहरुमा रामसिंह महतो, सीताराम महतो, वाङछिरिङ तामाङ, लोकबहादुर तामाङ,सोमबहादुर तामाङ,फुलमाया श्रेष्ठ, इन्दिरा अधिकारी, सन्तमाया तामाङ, मन्चोरिया कुमारी महतो,शान्तादेवी आचार्य र उर्मिला सुनार विक निर्वाचित भएको निर्वाचन संयोजक दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।लेखा समिति संयोजकमा रामशरण सिलवाल र सदस्यहरुमा दीपेन्द्र श्रेष्ठ, अमोद पोखरेल चयन भएका छन् ।


