चितवन । चितवनको भरतपुर महानगर सहित रत्ननगर,खैरहनी ,राप्ति ,कालिका र माडी नगरपालिकाले यही २०८१ चैत १ गते शुक्रबारका दिन फागु पूर्णिमा तथा थारु समुदायको पर्वका अवसरमा स्थानीय विदा दिने निर्णय गरेका छन् ।
नगर कार्यपालिकाको बैठकबाट पारित निर्णय अनुसार नगरपालिकाभित्रका सबै कार्यालय, वडा कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य संस्था, वित्तीय संस्था तथा गैर सरकारी संघ-संस्था उक्त दिन बिदा रहनेछन्।
विशेष गरी तराई क्षेत्रमा व्यापक रूपमा मनाइने फागु पर्व तथा थारु समुदायको संस्कृतिक पर्वलाई मध्यनजर गर्दै स्थानीयस्तरमा विदा दिने निर्णय गरिएको नगरपालिकाहरुद्वारा जारी सुचनामा जनाएको छ। नगरपालिकाहरुले सम्पूर्ण नगरवासीलाई फागु पूर्णिमा तथा थारु समुदायको फगुवा पर्वको शुभकामना समेत व्यक्त गरेका छन् ।

