चितवन । चितवन केरा उत्पादक संघको अध्यक्षमा घननाथ महतो चयन भएका छन् । संघको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ट उपाध्यक्षमा शंकर प्रसाद सुवेदी, प्रथम उपाध्यक्षमा जनकराज पन्त, द्धितीय उपाध्यक्षमा विबेक दाहाल, महासचिवमा टंकप्रसाद लामिछाने, सचिवमा रामचन्द्र दुवाडी, कोषाध्यक्षमा चिरन्जिवी सापकोटा र सदस्यहरुमा विष्णुप्रसाद भट्टराई, निर्मल भट्टराई, रामबहादुर गुरुङ, श्याम बहादुर देवकोटा, शिवकान्त न्यौपाने चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा पुण्यप्रसाद देवकोटा, सदस्यहरुमा गणेश दाहाल र मन्जु दाहाल चयन भएका छन् । सर्वसम्मत निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा समिति संयोजक तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ ।

