चितवन। चितवनका अटाेमाेवाईल्स व्यवसायीहरूले चितवनदेखी मनाङ सम्म मोटरसाइकल यात्रा गर्ने भएका छन् । हिमालयन राइडर्सकाे व्ययवस्थापन मा ‘राइड टु हिमालयज’ नाम दिई चितवनका अटाेमाेवाईल्स वयवसायीहरूले मोटरसाइकल यात्रा गर्ने भएका हुन् ।
फागु पुर्णिमाकाे अवसर पारेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ शुभ पेट्रोल पम्प लायन्सचाेक नारायणगढबाट फाल्गुन २८ गते मोटरसाइकल यात्रा सुरु हुने अटाेमाेवाईल्स व्यवसायी राजाराम सापकोटाले जानकारी दिए ।
२८ गते बिहान ७:०० बजे देखि चैत्र २ गते सम्म ४ दिने हिमाली पर्यटकिय जिल्ला मनाङ लगाएत लमजुङ राईनाकाेट गोर्खा लिगलीगकाेटकाे माेटरसाईकलमा यात्रा गर्दै अवलोकन गर्ने कार्यक्रम तय भएकाे सापकोटाले बताए ।
कार्यक्रमको नेपाल अटाेमाेवाईल्स एशाेसियसन सहयोगी संस्था रहेकाे छ । अटाेमाेवाईल पत्रीका मिडिया सहयोगिको रुपमा रहेकाे छ। टेक्निकल पार्टनरमा लक्की माेटरसाईकल रहेको छ ।
कार्यक्रमको अन्य सहयोगिको रुपमा राजाराम सापकोटा, मोटुल लुब्रिकेन्टस केपिआई हेलमेट, एसएनएस हेलमेट डिएस अटो पार्टस,भेगा हेलमेट,भिएसके पार्टस, डलफीन अटोमोटीभ,लिभफास्ट ब्याट्री, सुप्रिम ट्रेडिङ्ग रोयल इन्फिल्ड रहेको छ।

